जाडोमा नाक बन्द भयो ? यसरी खुलाउनुस्

जाडो बढ्दै गएपछि धेरैजनालाई रुघाखोकीले सताउँछ । अनि नाक बन्द हुन्छ । नाक बन्द भएपछि मानिस झर्कोफर्को गर्न थाल्छन् र कुनै काम गर्न पनि मन लाग्दैन । त्यसबाट छुटकारा पाउनका लागि मानिसहरू अनेक किसिमका औषधि सेवन गर्छन् । यहाँ हामी केही यस्ता घरेलु औषधिका बारेमा बताउँदैछौं जसले बन्द नाक खोल्न सहायता गर्छन् ।
बाफ
पानीमा पुदिनाका पातहरू उमाल्नुस् । अनि यो पानीले बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने आराम पाउनुहुन्छ ।
स्याउको अमिलो
बन्द नाक खोल्नका लागि स्याउको अमिलो लाभदायक हुन्छ । एक गिलास तातो पानीमा दुई चम्चा स्याउको अमिलो र आधी चम्चा मह मिसाएर पिउनुस् । बिहानै उठेर पिउँदा फाइदा हुन्छ ।
लसुन
भेजिटेबल सूपमा लसुनको पोटी हालेर पिउनुस् । खानामा लसुन प्रयोग गर्नुस् ।
कागती र मह
एक चम्चा कागतीको रसमा केही थोपा मह मिसाएर दिनको चारचोटि पिउनुस् । यसले पनि बन्द नाक खुलाउँछ ।