बजनी हत्या काण्ड : बारा प्रहरीको प्रगति शुन्य, कहा पुग्यो अनुसन्धान ?

ऐ वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको बजनीमा दिपक र दिपाको हत्या भएको १७ दिन पुगिसक्दा समेत बारा प्रहरीको अनुसन्धान शुन्य देखिएको छ । हत्या भएको झन्डै ३ साता पुग्नै लाग्दासमेत प्रहरीको अनुसन्धान फितलो देखिएको हो । तर बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले भने अनुसन्धान तिब्र रुपमा भईरहेकाले सुवेदी दम्पतीको हत्यारा छिट्टै पत्ता लाग्ने बताउनुभयो ।
बारा प्रहरीको अनुसन्धान कहा पुग्यो ? भन्ने ए वान समाचारको प्रश्नमा प्रहरी उपरीक्षक बैदवारले भन्नुभयो ‘हेर्नुस् अहिले हामी शुन्य स्थितिमा छौ, तर अनुसन्धान तिब्र रुपमा भईरहेको छ, ढिलो चाडो हत्यारा पत्ता लाग्छ’ ।
‘हामी प्रमाण जुटाउने काम गरिरहेका छौ, ब्यापक रुपमा लागेका छौ’ प्रहरी उपरीक्षक बैदवारले भन्नुभयो ।
सुवेदी दम्पतीको मंसिर १५ गते राति हत्या भएको थियो । दिपकको गोठ छेउको परालको कुन्युमा र दिपाको गोठ भित्रै शव फेला परेको थियो ।