बारामा ठुलो परिणाममा सालको काठ बरामद

बिदुर खड्का
बारामा ठुलो परिणाममा सालको काठ बरामद गरिएको छ । बाराको महेन्द्रनगरबाट हिजो साझ ठुलो परिणाममा सालको चिरान काठ बरामद गरिएको हो । हलखोरिया साझेदारी बन व्यवस्थापन समिति र ईलाका प्रहरि कार्यलय सिमराबाट खटिएको प्रहरी टोलिले मतेन्द्रनगरबाट सालको चिरान काठ बरामद गरेको हो ।
हलखोरिया साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र सिंहका अनुसार महेन्द्रनगरको एक घरबाट तिन लाख बराबरको सालको चिरान काठ बरामद गरेको हो ।