डुमरवाना क्षेत्रमा साईकल चोरीका घटनामा बृद्धि

बिदुर खड्का
केही समय यता डुमरवाना लगायत आसपासका क्षेत्रमा साईकल चोरीका घटनामा बृद्धि भएको छ । एक हप्ताको बिचमा डुमरवाना क्षेत्रबाट दुई वटा साईकल चोरी भएको छ । सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बजार क्षेत्रमा पार्किङ्ग गरेर राखेको साईकल छिनमै चोरी भएको हो ।
केही महिला अघि पनि डुमरवाना क्षेत्रबाटै साईकल चोरी भएको थियो । लगातार जसो साईकल चोरी हुन थालेपछि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन स्थानीयले माग गरेका छन् ।