कोल्हवी एरियामा लुटपाट गर्न आएका लुटेराहरुको ‘ब्याक स्टोरी’

ऐ वान डेस्क /
करिव १५ दिन अगाडी कोल्हवी क्षेत्रमा लुटपाट गर्ने ६ जनाले योजना बनाएका थिए । त्यही योजना अनुसार उनीहरुबिच लुटपाट गरिएको रकम बाडफाड गर्ने सहमती भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरु सबै योजना बनाई लुटपाट गर्न कोल्हवीतिर लागे ।
कोल्हवी जान उनीहरु ६ जना तामागढी गेटमा जम्मा भए । तामागढी गेटमा जम्मा भएलगत्तै उनीहरु कोल्हवीतर्फ प्रस्थान गरे । उनीहरुले त्यतिबेला ट्याम्पु प्रयोग गरेका थिए । तर उनीहरुलाई त्यसबेला थाहा थिएन् की बारा प्रहरी बिशेष सुचनाका साथ चेकजाचमा खटिएको थियो भनेर । अन्ततः उनीहरु कोल्हवी नगरपालिका वडा नम्बर २ भलोहिखोर स्थित सडक खण्डमा पक्राउ परे ।
निजगढबाट कोल्हवीतर्फ आउदै गरेको ना१ह ८०१५ टेम्पु जेकजाच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट अबैद्य हातहतियार बरामद गरेको हो । उनीहरुको साथबाट घरेलु कटुवा पेस्तोल ३ थान, ए.मा फिट हुने गोलि ७ राउण्ड, धारिलो फलामको छुरा एक थान बरामद गरिएको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
कसको साथमा के थियो ?
प्रहरीले भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बिसनपुर गोनाही १ बस्ने असोक भन्ने पप्पु सहनीको साथबाट कटुवा पेस्तोल एउटा गोलि ३ राउण्ड बरामद
सोही ठाउ बस्नेत प्रमोद भन्ने दिनेश दासको साथबाट कटुवा पेस्तोल एउटा गोलि २ राउण्ड
भारत बिहार सितामढी ग्राम पञ्चायत सोनबर्षा वडा नम्बर ७ रमेश भन्ने सञ्जय शाहको साथबाट कटुवा पेस्तोल एउटा गोलि २ राउण्ड
कानुनी कारर्वाही के हुन्छ ?
हातहतियार खरखजना ऐन अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट म्यादी अनुमति लिई अनुसन्धान अघि बढाईएको बाराका प्रहरी उपरीक्षक बैदवारले जानकारी दिनुभयो ।