लण्ड्रि सञ्चालनको ५ महिनामै सफल्ता, निजगढमा शाखा बिस्ताको तयारी

ए वान डेस्क
६ पुष २०७४, बिहीबार १३:२९

ऐ वान डेस्क /
लण्ड्रि सञ्चालनको ५ महिनामै सिमराका उमेश चौलागाईलाई सफल्ता मिलेको छ । बिदेशबाट केहि सिकेर नेपालमा लण्ड्रि व्यवसाय शुरु गरेका चौलागाई यतिबेला निकै खुशि देखिनुहुन्छ । ५ महिना अघि सिमरामा व्यवस्थित यु आर अटोमेटिक लण्ड्रि शुरु गर्नुभएका चौलागाईले अहिले मासिक झन्डै ६० हजार आमदानी गर्नुहुन्छ ।

उहाले अहिले लण्ड्रि व्यवसायबाटै परिवार चलाईरहनुभएको छ । सिमरामा व्यवसायीक सफल्ता मिलेपछि उहाले निजगढमा पनि शाखा बिस्तार गर्ने तयारी गर्नुभएको छ ।

ऐ वान समाचारसंग कुरागर्दे चौलागाई भने ‘सिमरामा पहिले लण्ड्रि शुरुवात गर्दा नचल्ने हो की भनेर मलाई डर लाग्थ्यो, तर अहिले मलाई काम गर्न भ्याई–नभ्याई छ’ ।

उमेशकी श्रीमती पनि आफुले भ्याएको समय लण्ड्रिलाई दिन्छिन् । उमेशकी श्रीमती रिता कडेल शिक्षिका हुन् । उमेशका दुई छोरा छोरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*