कस्तो रहर्यो बारामा खटिएका म्यादी प्रहरीको ५४ दिन ?

ऐ वान डेस्क /
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागी बारामा खटिएका म्यादी प्रहरीको बिदाई गरिएको छ । मंसिर २१ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागी २५४७ जना म्यादी प्रहरी बारामा खटिएका थिए । निर्वाचन सुरक्षार्थको लागी जिल्लामा खटिएका १९४० जना पुरुष र ६०७ जना महिला गरी २५४७ जना म्यादी प्रहरीलाई एक कार्यक्रमकाबिच बिदाई गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय सिमरा, निजगढ, सिम्रौनगढ र कोल्हबीमा खटिएका सबै म्यादी प्रहरी बिदाई कार्यक्रममा उपस्थित भएका थिए । कलैया उपमहानगरपालिका वडा नं.३ स्थित श्री सिद्धेश्वर संस्कृत मा.वि.को प्राङ्गणमा अस्ति ७ गते बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, प्रहरी उपरीक्षक राजकुमार बैदवार लगायतले म्यादी प्रहरीलाई अबिर लगायर बिदाई गर्नुभयो ।
के भन्छन् एसपि ?
‘बारामा म्यादी प्रहरी ५४ दिन खटिए, ५४ दिनमा म्यादी प्रहरीले सुरक्षामात्र हैन्, समाजमा घटेका बिकृती कमगर्न पनि महत्वपुर्ण भुमिका खेले’ ऐ वान समाचारसंग कुरागर्दे प्रहरी उपरीक्षक राजकुमार बैदवार । उहाले म्यादी प्रहरीले ५४ दिनमा खेलेको भुमिकाको प्रशंसासमेत गर्नुभयो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष, विश्वसनीय र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले भुमिका महत्वपुर्ण रहेको भन्दै समाजमा शान्ति सु–व्यवस्था एवम अमन चयन गराउन जिल्लामा रहेका सबै सुरक्षा निकायलाई गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।