‘शिक्षा सुधार आयोगले निजि बिद्यालयलाई बिस्थापित गर्न खोज्दैछ’

जिल्ला शिक्षा कार्यलय बाराको शैक्षिक तालिम केन्द्रले निजि बिद्यालयको लागि शैक्षिक गुणस्तर बृद्धि तथा बिकासको लागि एकदिने तालिम तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आगामि दिनमा निजि बिध्यालयहरुका २० प्रतिशत शिक्षकहरुलाई सामुदायिक बिद्यालय सरह तालिममा समाबेश गरिने शैक्षिक तालिम केन्द्रले जनाएको छ ।
तलिमको सहजिकरण संञ्जिव चौधरि, एन प्यावसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, जिल्ला अध्यक्ष प्रभु लाल कुशुवाहा लगायतको उपस्थिति रहेको थियो ।
२ प्रधानाध्यापक सम्मानीत
तालिममा प्रमुख अरबिन्द्रलाल कर्णले राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदन डुम्मरवानाका प्रधानाध्यापक श्यामप्रसाद भट्टराई र मनकामना बोडिङ्ग स्कुलका प्रधानाध्यापक रामबाबु कुशवाहालाई सम्मान गरेको छ ।
कसले के भने ?
शिक्षा कार्यलय बाराका बरिष्ठ तालिम प्रमुख अरबिन्द्रलाल कर्णले अब शिक्षा कार्यालयबाट हुने सबै काम स्थानिय तहबाटै हुने बताउनुभयो । निजि बिद्यालयका प्रिन्सिपलहरुले शिक्षा सुधार आयोगले निजि बिद्यालयलाई बिस्थापित गर्ने रणनिति लिएको आरोप लगाए । आयोगलाई प्रतिबेदन सच्याउन बाराका निजि बिध्यालयका प्रिन्सिपलहरुले सो अवसरमा आग्रह गरेका थिए । अन्र्तक्रियामा बाराका ४५ निजि बिध्यालयका प्रिन्सिपलहरुको सहभागीता रहेको थियो ।