सहकारी सामाजिक रुपान्तरणको मुख्य हिस्साको हो : नगर प्रमुख डा. पौडेल

ऐ वान डेस्क /
जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले सामाजिक समृद्धिको मेरुदण्डको रुपमा सहकारी क्षेत्र स्थापित भईसकेको बताएका छन् । जीतपुरसिमरा उपमहागरपलिका १६ महेन्द्रनगरस्थित जनहित उपभोक्ता सहकारी संस्थाको आठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर आर्थिक सामाजिक रुपान्तरणको मुख्य हिस्साको रुपम रहेको सहकारी क्षेत्रसंगै मिलेर स्थानिय सरकारले काम गर्ने बताए ।
समाज रुपान्तरण र नागरिकको जिवनस्तर परिवर्तनका निम्ति सहकारी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुपर्ने बताए । पछिल्लो समय सहकारी क्षेत्र समुदाय केन्द्रीत भईरहेको भन्दै सहकारी क्षेत्रलाई विवादरहित र पारदर्शी बनाउनेतर्फ सहकारीकर्मीले ध्यान दिनुपर्ने बताए ।
जीतपुरसिमरा उपमहानगर सहकारी क्षेत्रसंग मिलेर काम गर्न ईच्छुक रहेको उनको भनाई थियो । समृद्ध उपमहानगर बनाउने अभियानमा सहकारी क्षेत्रले पनि सहयोग गर्नुपर्ने पौडेलले बताए । जीतपुरसिमरा उमहानगर सहकारी क्षेत्रको उर्वर भूमिको रुपमा रहेको भन्दै नगर प्रमुख डा. पौडेलले सबैको सहयोग मिले समृद्धि अभियानमा सफलता पाईने बताए ।
कार्यक्रममा प्रदेश बिधायक ज्वाला साहले सहकारी क्षेत्रले समाजका लागि गरेको योगदान प्रशंसायोग्य रहेको बताईन् । बारा क्षेत्र नम्ब ३ (क) बाट निर्वाचित साहले सहकारी क्षेत्रको अभियन्ताको रुपमा रहेको ब्यक्ति नगर प्रमुख रहेको भन्दै उनले आफू पनि स्थानिय सरकार र सहकारी क्षेत्रसंग मिलेर काम गर्न उत्साहित रहेको बताईन् ।
कार्यक्रममा साना किसान कृषी सहकारी संघका सञ्चालक एवम् बाराका अध्यक्ष शिवप्रसाद अधिकारी, वडा नम्बर १६ का वडाअध्यक्ष केदार बजगाईलगायत विभिन्न सहकारी क्षेत्रका प्रतिनिधिले मन्तब्य राखेका थिए । कार्यक्रममा नगर प्रमुख, वडाअध्यक्षसहित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष राधेश्याम सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।