विवेकशिल साझा पार्टी सिमराद्धारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

ए वान डेस्क
१० पुष २०७४, सोमबार १९:१२

ऐ वान डेस्क /

विवेकशिल साझा पार्टी सिमराले हाजिरी जवाफ र निवन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा सिमराको लोटस एकेडेमी पहिलो, राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन दोश्रो र सिमरा पब्लिक ई.बोर्डिङ स्कुल तेश्रो भएको विवेकशिल साझा पार्टी सिमराका राजदास श्रेष्ठले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।

यस्तै, निवन्ध लेखन प्रतियोगितामा ब्राईटर एकेडेमी सिमरा पहिलो, सिमरा पब्लिक ई.बोर्डिङ स्कुल दोश्रो र नेरामावि सिमरा तेश्रो भएको समेत श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सिमरा स्थित नेरामाविको प्राङ्गणमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाका २० वटा विद्यालयको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*