सिमरामा प्रहरीले नै शार्वजनीक स्थलमा सुर्ती सेवन गरेको भेटियो (भिडियोसहित)

ऐ वान डेस्क /
सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन गर्न बनेको ऐन लागू भएको बषौ बितिसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा मानिसहरू अहिले पनि विद्यालय, अस्पताल, क्याम्पस, होटल, मठमन्दिर र पाटीपौवालगायत सार्वजनिक स्थलमा खुला रूपमा चुरोट, बिँडी, खैनी, सुर्ती र तमाखुलगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ ।
आज बिहान बाराको सिमरामा प्रहरीले नै शार्वजनीक स्थलमा सुर्ती सेवन गरेको पाईयो । सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन, २०६८ मा निजी वा सरकारी कुनै पनि सार्वजनिक स्थलमा धूमपान गरेको खण्डमा १०० जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक स्थलमा खुला रूपमा चुरोट, बिँडी, खैनी, सुर्ती र तमाखुलगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाईए कानुन बमोजिम कारर्वाही गर्नुपर्ने प्रहरी आफै सुर्ती सेवनमा मस्त भएको भेटियो । ती प्रहरीले मुख्य चोक नजिकै रहेका ठेलावाला संग सुर्तीमागेर सुर्ती खाएको भेटियो ।
के भन्छन् ईन्सपेक्टर ?
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक भुवन भट्टले शार्वजनीक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्ने जो कोहीलाई पनि कारर्वाही गर्ने बताउनुभएको छ । ऐ वान समाचारसंग कुरागर्दे भट्टले भन्नुभयो ‘तपाईले भनेपछि मात्रै मलाई थाहा भयो, कसले त्यस्तो गरेको रैछ, म बुझेर उसंग स्पष्टिकरण लिन्छु’ ।
https://www.youtube.com/watch?v=F4lhFYVdsE0&t=10s