साना किसान कृषि सहकारी संघ बाराद्धारा नया कार्यसमिति चयन
ऐ वान डेस्क/
साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको अध्यक्षमा मिश्रीलाल सहनी चयन हुनुभएको छ । हिजो सम्पन्न संघको १०औ बार्षिक साधारणसभाले सहनीको अध्यक्षतामा ७ सदस्यि नया कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कन्हायीलाल थारु, सचिवमा रामएकवाल प्रसाद चौधरी, कोषाध्यक्षमा नयनकला खड्का चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा विन्दा सिंह, चन्चला चौधरी र संजिला खातुन चयन हुनुभएको छ । संघको लेखा समिति संयोजकमा रामलखन प्रसाद यादव र सदस्यहरुमा विनोद कुमार गुप्ता, दिपक कार्की निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष बाहेकका सबै पदमा सर्वसहमतीबाट पधादिकारी निर्वाचित भएका थिए । भने उपाध्यक्षमा विभिन्न प्रारम्भीक कृषि सहकारी संस्थाका ५ जनाले उमेदवारी दिएका थिए । उपाध्यक्षमा उमेदवारी दिनेहरुका विचमा सहमती प्रयास गर्ने क्रममा ३ जनाले आफ्ने नाम र्फिर्ता लिएपछी साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाका संचालक विश्वनाथ लामीछाने र फतेपुर संस्थाका अध्यक्ष थारु मध्य एकका लागि सहभागी प्रतीनीधीहरुले मतदान गरेका थिए । थारुका पक्षमा बढी मत आएपछी उनलाई निर्वाचन कमिटीले उपाध्यक्ष घोषण गरेको हो ।
निर्वाचित समिति पद्यादिकारीहरुलाई जिल्ला कृषि विकाश कार्यालय बाराका प्रमुख शिवरत्न साहले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडाले गर्नुभएको थियो ।