पथलैयामा समस्या नै समस्या, ‘लालपुर्जा’ भयो भोट माग्ने भाडो

ऐ वान डेस्क /
त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको चोकमा पर्ने पथलैया बारा जिल्लामा पर्दछ । पहिले जंगल बिच साना साना झुप्रा मात्र रहेको पथलैया हाल सहरको रूपमा बिकास हुदैछ । पथलैया २०२१ सालमा बस्ति बस्यो । कुनै एक प्रोजेक्टमा काम गर्ने मजदुरहरु पथलैयामा बस्थे । त्यसबेला त्यहा काठले ४–५ वटा घर बनाईएको थियो ।
अहिले २०६७ सालमा पथलैयामा झन्डै ६३१ वटा घर छ । २०५४ सालसम्म मात्र १०४ वटा घर थियो । अहिले पथलैयामा ४५०० भन्दा बढि मानिस बसोबास गर्छन् ।
कतिले पाए लालपुर्जा ?
६३१ मध्य अहिलेसम्म ४२० घरधुरीले मात्र लालपुर्जा पाएका छन् । अझै २११ जना लालपुर्जा पाउनबाट बञ्जित भएका छन् । २०५५ सालमा लालपुर्जाको लागी पहल गरिएपनि अन्ततः ४२० घरधुरीले आयोगबाट २०६७ सालमा लालपुर्जा पाए ।
लालपुर्जा नहुदाको समस्या
लालपुर्जा नहुदा पथलैयामा धेरै समस्या देखिएको छ । चलनचल्तिमा नआउदा लालपुर्जा भएकाहरुलाई त समस्या छ भने नभएकाहरुलाई निकै समस्या देखिएको छ । लालपुर्जा नहुदा २११ घरधुरीले पानी खान पाएका छैनन् भने बिजुलीको भिटर लगायत बिविध समस्या देखापरेको स्थानीयको भनाई छ ।
जनप्रतिनिधिबाट आशा
रामदास धौजु, स्थानीय समाजसेवी
हामीले २०६७ सालमा लालपुर्जा त पायौ, तर के गर्नु त्यो अहिलेसम्म चलनचल्तिमा आएको छैन् । लालपुर्जा नहुदा हामीलाई धेरै समस्या छ । पथलैयामा धेरै राजनिति गर्ने काम मात्र भयो । तर अहिलेसम्म लालपुर्जाको समस्या समाधान बारे कसैले पनि केही गर्न सकेका छैनन् । अब हामीलाई जनप्रतिनिधिबाट केही आशा छ । यदी उहाहरुले चाहनुभयो भने त्यो समस्या समाधान हुन सक्छ ।
लालपुर्जा भयो भोट माग्ने भाडो
प्रकाश लम्साल, पत्रकार
लालपुर्जाको नहुदा पथलैयामा समस्या नै समस्या छ । स्थानीयको जिवन स्तरमा परिवर्तन आउन सकेको छैन् । बजारले आकार लिन पाएको छैन् । बस्ति समृद्ध हुन सकेको छैन् । राजमार्गसंग जोडिएको ब्यापिरिक केन्द्रको रुपमा समेत परिचित यो ठाउमा स्वास्थ्यको समस्या पनि त्यतिकै छ । राजनितिक दलका नेताहरु पथलैयाको लालपुर्जामा खेलिरहेका छन् । अहिले त पथलैयामा लालपुर्जा भोट माग्ने भाडो भएको छ । यसतर्फ सम्बन्धीत निकायको ध्यान जाओस् ।