सुनको भाउ बढ्यो

सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बिहीबार ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।