बजनीमा सुवेदी दम्पतीको हत्या भएको ४२ दिन पुरा, घटनाबारे यसो भन्छ प्रहरी
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको बजनीमा सुवेदी दम्पतीको हत्या भएको आज ४२ दिन पुरा भएको छ । सुवेदी दम्पतीको मंसिर १५ गते राति हत्या भएको थियो । दिपकको गोठ छेउको परालको कुन्युमा र दिपाको गोठभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
हत्या भएको महिनौ दिन बितिसक्दा समेत प्रहरी प्रशासनले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले आक्रोस व्यक्त गरेका छन् । सुवेदी दम्पतीको हत्या भएदेखि नै बजनीका स्थानीय समसाझै घर बाहिर निस्कनपनि डराउन थालेका छन् ।
असुरक्षित छन् बजनीवासी
प्रहरीले हत्यारलाई प्रक्राउ गरी शार्वजनीक गर्न नसक्दा बजनीवासीले असुरक्षित महशुस गर्न थालेका छन् । ‘हत्या भएको दिन देखिनै यहाका स्थानीय रातिको समयमा घर बाहिर निस्कन डराउछन्, अहिले उनीहरुले आफु असुरक्षित भएको महशुस गर्न थालेका छन्’ स्थानीयसमेत रहेका माओवादी केन्द्रका नेता राजन पौडेलले भन्नुभयो ।
हत्या भएको महिना दिन बितिसक्दासमेत प्रहरी प्रशासनले हत्यारा पक्राउ गर्न चासो नदिएको उहाले आरोप लगाउनुभयो । ‘अनुसन्धान फितलो छ, म छिटो भन्दा छिटो हत्या पक्राउ गर्न प्रहरी प्रशासन समक्ष माग गर्दछु’ उहाले भन्नुभयो ।
सडक सर्घषको तयारी
प्रहरी प्रशासनलाई दबाब दिन एक साता अघि चक्काजाम गरेका महिलाहरुले फेरी सडक सर्घष गर्ने तयारी गरेका छन् । ‘घटना भएको लामो समय बितिसक्दापनि प्रहरीले अहिलेसम्म किन हत्यारलाई पक्राउ गर्न सकेन्, यस्तै अवस्था केहि दिन अझै रहे हामी फेरी सडक सर्घष गछौ’ जीतपुरसिमराकी रिना बजगाईले भन्नुभयो ।
केही दिन अघि महिलाहरुले गरेको चक्काजाममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक भुवन भट्टले आफुहरु अनुसन्धानको नजिक रहेको भन्दै केही दिन भित्रमा हत्यारा शार्वजनीक गर्ने बताउनुभएको थियो । प्रहरी नीरिक्षकको आश्वासनपछि महिलाहरुले तत्कालका लागी चक्काजाम स्थगित गरेका थिए ।
के भन्छ बारा प्रहरी ?
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जुन सुकै हालतमा पनि हत्यारलाई पक्राउ गरेरै छाड्ने बताउनुभएको छ । ए वान समाचारसंग कुरागर्दे प्रहरी उपरीक्षक बैदवारले भन्नुभयो ‘अहिले म यति प्रतिशत भयो भनेर भन्दिन्, घटनाको अनुसन्धान हुदैछ, ढिलो चाडो हत्यारालाई हामी पक्राउ गर्छौ’ ।
हत्या भएको ४२ दिन पुगिसक्दा समेत प्रहरीको अनुसन्धान किन फितलो भन्ने ए वान समाचारको प्रश्नमा बैदवारले भन्नुभयो ‘घटनाको अनुसन्धान दिन हेरेर गरिदैन्, हामीले बिभिन्न माद्यमबाट अनुसन्धान गरिरहेका छौ’ ।























