‘विरगञ्ज’ अनसनको ८औ दिन : ऐक्यबद्धता जनाउने क्रम जारी

ए वान डेस्क
२८ पुष २०७४, शुक्रबार १५:५७

ए वान डेस्क /

प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै वीरगन्जमा पुष २१ गतेदेखी शुरु भएको रिले अनशन आज आठौ दिन पनि जारी छ । वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो ।

रिले अनसनको आठौ दिन आजको अनसनमा केदारनाथ तिबारी, लालबाबु जैसवाल, सरोज साह, धु्रव साह कानु, जितेनद्र साह कानु, रामेशवर महतो कोइरी, रामअश्रे साह तेली, श्रीलाल कुशवाहा र अफरोज मिया लगायत ९ जना बस्नु भएको नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिँहले ए वान समाचारलाई जानकारी दिनुभयो ।

बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन् ।

यसैबिच अन्तरपार्टि महिला संजाल बाराकी उपाध्यक्ष निरु रायमाझीले अनसन स्थलमा पुगी आन्दोलनप्रती लिखित रुपमा ऐक्यबद्धता जनाउनुभएको तरुण दल बाराका अध्यक्ष सिँहले बताउनुभयो । वीरगन्जलाई राजधानी नबनाए सम्म रिले अनसन जारी नै रहने संघर्ष समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*