बारामा दुई वटा पुल चार लेनको बन्दै

ए वान डेस्क
२९ पुष २०७४, शनिबार १७:१८

ए वान डेस्क /

बारामा दुई वटा पुल चार लेनको बन्ने भएको छ । सडक विभाग मातहतको पुल महाशाखाले बारामा चार लेनको दुई वटा पुलको निमार्ण कार्य शुरु गरेको छ ।

वीरगञ्ज–पथलैया छ लेन र पथलैया–दुधौरामा एक–एक वटा गरी चार लेनको दुई वटा पुलको निर्माण कार्य शुरु गरिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिनुभयो । दुई वटै पुल सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत पर्छ ।

बढ्दो शहरीकरण, सवारीसाधनको वृद्धि तथा जनजीवन सहज बनाउनका लागि पुल चार लेनको बनाउन थालिएको शाक्यले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*