आज बिहानको खाना सिमरामा, जाने हैन गुप्ता मार्केट ?

ए वान डेस्क
१० माघ २०७४, बुधबार ०८:५१

ए वान डेस्क /

बाराको सिमरामा आज खाना प्रदर्शनी तथा प्रतियोगिता हुदैछ । होटल व्यवसायी संघ बाराको आयोजनामा आज सिमरामा खाना प्रदर्शनी तथा प्रतियोगिता हुन लागेको हो ।

दक्ष जनशक्ति उत्पादन र होटल तथा पर्यटन व्यवसायलाई प्रवर्दन गर्ने उदेश्यका साथ प्रदेश नम्बर २ मै पहिलो पटक सिमरामा खाना प्रदशनी तथा प्रतियोगिता गर्न लागिएको होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार आजको खाना प्रदर्शनीमा दर्जनौ खानाका परिकार राखिनेछ ।

उहाले कार्यक्रमको प्रत्यक्ष अवलोकन गरी भब्य रुपमा सफल पार्नसमेत सबैमा आग्रह गर्नुभयो । कार्यक्रम अहिले बिहान ११ बजेपछि सिमराको गुप्ता मार्केटमा हुदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*