आजको राशिफल

ए वान डेस्क
११ माघ २०७४, बिहीबार ०८:५३

वि.सं. २०७४ साल माघ ११ गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– अष्टमी, १०:३० बजेउप्रान्त नवमी। नक्षत्र– भरणी, २७:२९ बजेउप्रान्त कृत्तिका। योग– शुभ, २४:५७ बजेउप्रान्त शुक्ल। करण– वव, १०:३० बजेदेखि वालव, २१:४४ बजेउप्रान्त कौलव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३७ बजे र दिनमान २६ घडी ४४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। भीष्माष्टमी व्रत।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्न सक्छन्। वादविवादले काममा बाधा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
ठूलो फाइदा उठाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। जमघटले अलमल बढाउन सक्छ। आँटले काम लिन नसक्दा केही पछि परिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। कमजोरीले चिन्ता बढाउन सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। तापनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। मेहनत गर्दा चिताएका काम बन्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयको मागअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मध्याह्नदेखि काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको ‘चिना’ टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*