पिपरा गोल्डकप २०७४ शुरु, उद्घाटन खेलमा रौतहट विजयी
ए वान डेस्क /
बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा हिजोदेखि दोश्रो पिपरा गोल्डकप शुरु भएको छ । सिर्जनशिल यूवा क्लबको आयोजनामा हिजादेखि गोल्डकप शृरु भएको हो । गोल्डकपको एक कार्यक्रमकाबिच युवा तथा खेलकुद राज्यमन्त्री तेजलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ज्वाला शाह, बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, प्रहरी उपरीक्षक राजकुमार बैदवार लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन खेलमा युवा स्पोर्टस क्लब विगरञ्जलाई २–० गोल अन्तरले पराजित गर्दे र नेपाल खेलकुद क्लब चन्द्रपुर रौतहटले विजयी शुरुवात गरेको छ । चन्द्रपुरका खेलाडी कृपा चौधरीले २८ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको १४औ मिनेट जाँदा राजु पहाडीले अर्को गाल थपेका थिए ।
प्रतियोगितामा चन्द्रपुरका कृपा चौधरी म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिता अन्र्तगत आज आयोजक सृजनशिल यूवा क्लक पिपरा बारा र श्रीचन्दनथान गणबिच खेल हुने आयोजकले जानकारी दिएको छ ।























