मदिरा विक्रि वितरणमा रोक लगाउन सडकमा उत्रिए महिला

ए वान डेस्क
१३ माघ २०७४, शनिबार १९:१५

पुष्पराज खतिवडा /

मदिरा विक्रि वितरणमा रोक लगाउन मनहर्वाका स्थानीय महिलाहरुले माग गरेका छन् । मदिराका कारण समाजमा विकृती मौलाएको भन्दै स्थानीय महिलाहरुले मदिरा विक्रि वितरणमा रोक लगाउन माग गरेका हुन् । स्थानीय प्रशासनलाई दबाब दिन बिभिन्न संघ–संस्था एवं महिला समुहले आयोजना गरेको जनचेतनामुलक ¥यालीमा सहभागी महिलाहरुले यस्तो माग गरेका हुन् ।

मदिरा तथा सुर्तीजन्य उत्पादनको बिक्रिवितरण बन्द गरौं , हिंसा, रोग र फजुल खर्च नियन्त्रण गरौं भन्ने मुल नारा सहित निकालिएको ¥यालीपछी आयोजित कोणसभालाई सम्बोधन गर्दे स्थानीय महिलाहरुले खुल्ला रुपमा मौलाउंदै गरेको अबैध मदिराको कारोबार रोक्नुपर्ने बताए । उनीहरुले मदिरा कारोबारमा संलग्नलाई कडाकार्वाही गर्नुपर्ने धारणा राखे ।

¥यालीमा वडा नं. १८ का वडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, साना किसान कृषि सहकारी संंस्था लिमिटेड मनहर्वाकी उपाध्यक्ष फुलकुमारी बस्नेत, प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरिक्षक भरत सिलवाल, मौवादेवी यूवा क्लबका अध्यक्ष दिपेश दाहाल, मनकामना मपिहला समुहकी जयन्ती सिंखडा, कामधेनु महिला समुहकी मुना भारती ,शान्ती महिला समितिकी आशा राना, वडा नं.१८ की महिला सदस्य कमला कुमारी न्यौपाने, सदस्य कुमार लामा, समाजसेवी शिव पौडेल लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*