एमाले बाराले भन्यो : सरकारले अबैधानिक निर्णय गर्देछ

नेकपा एमाले जिल्ला सचिवालय समितिको बैठक आज कलैयामा सम्पन्न भएको छ । बैठकले यहि फागुन १२ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले सरकार काम चलाउ भैसक्दापनि मुलुकलाई गंभिर आर्थिक संकट पर्नेगरी नियुक्ती लगाएतका कार्य गरेको प्रति दुख ब्यक्त गर्दै अबैधानिक निर्णय नगर्न समेत अनुरोध गरेको छ ।
साथै राष्ट्रियसभा निर्वाचनमा पार्टिको तर्फबाट उमेदावर रहनुभएका सुमन प्याकुरेललाई विजयी बनाउनका लागि पहलकदमी अगाडी बढाउने निर्णय सिमेत बैठकले गरेको छ । बैठकले जिल्ला सचिव महमद समिउल्लाहको अध्यक्षतामा ५ सदस्य जिल्ला संगठन विभाग समिति गठन गरेको छ ।
संगठन समितिको सदस्यमा मनोज पौडेल, ढुन्डीराज उप्रेती, विजेन्द्र चौधरी, विक्रम ठाकुर रहनुभएको छ साथै पार्टिको सदस्यता नविकरण फाल्गुन १५ गते गर्न र नयाँ सदस्यता वितरण कार्य फाल्गन १० गते सम्म टुङ्गयाउने निर्णय गरेको एमाले बाराका प्रचारविभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभएको छ ।
त्यसैगरी बैठकले केन्द्रिय खेलकुद विभागका सदस्य किशोर शर्माकी आमा सकुन्तला देबी शर्मा र जिल्ला कमिटि सदस्य मालती कुश्वाहाकी बुहारी गिता कुश्वाहाको असामाहिक निधनप्रति दुःख ब्यक्त गर्दै शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने शक्ति मोलोस भनि कामना गरेको छ ।
जिल्ला अध्यक्ष सुन्दर विकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य एवम प्रदेश नम्बर २ का संयोग सत्यनारायण मंडलको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा प्रदेश सहसंयोक नागेन्द्र चौधरी, केन्द्रिय सदस्य बलबिर चौधरी, सुमन प्याकुरेल, दिनेश राई, केन्द्रिय सल्लाहकार अच्युत मैनाली, एमाले नेता एवम पुर्व मन्त्रि पुरुषोतम पौडेल, प्रदेश सदस्य छटु यादब, सुरेन्द्र यादब, विनोद साह, विक्रम राम लगाएतको उपस्थिति रहेको थियो ।