फुटबल हेरिरहेका दर्शकमाथि गोली चल्यो, ७ को मृत्यु

ए वान डेस्क
१४ माघ २०७४, आईतवार १८:२४

मेक्सिकोमा फुटबल खेल हेरिरहेका ७ जना मारिएका छन्। फुटबल खेल हेरिरहेका दर्शकलाई लक्षित गरी भएको गोलाबारीमा उनीहरु मारिएका हुन्। शनिबार भएको उक्त गोलाबारीबाट मारिने पछिल्लो समय म्याक्सिकोमा भएको हत्याको ठूलो घटना हो।

सरकारी अधिकारीहरूका अनुसार अघिल्लो वर्षभरिमा २५ हजार जनाको हत्या भएको थियो। त्यसपछिको यो हत्या सबैभन्दा ठूलो हो। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो।

टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारीहरूले फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए। फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन्।

पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ। सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो। तर, पनि मेक्सिकोमा हिंसाको अन्त्य हुन सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*