विरगञ्जमा राजश्व अनुसन्धानको छड्के

ए वान डेस्क
१५ माघ २०७४, सोमबार २०:२०

राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालय, पथलैयाबाट आएको टोलीले अबैध सुनको खोजीमा सोमबार दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ। उक्त छापा गैरवैधानिक भएको भन्दै सुनचाँदी ब्यवसायिले बिरोध जनाएका छन्। उनीहरुले छापा मार्न आएको टोलीसंग प्रतिवाद गरेपछि भारी संख्यामा स्थानीय प्रसाशनले सूरक्षाकर्मी खटाउनु परेको थियो।

राजश्व अनुसन्धान अधिकृत भीम देवकोटा र तेजमणी काफ्लेको नेतृत्वमा आएको दुई टोली मध्ये एउटाले वीरगन्जको माइस्थानमा रहेको ओम ज्वेलर्समा र अर्कोले लिंकरोडमा रहेको श्री बालाजी ज्वेलर्समा छापा मारेका थिए। राजश्व अनुसन्धानको छापापछि यता वीरगन्ज बजारका अरु कतिपय सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर भागेका थिए। नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका महासचिव परवेश सर्राफले संघले छापामारी गैरकानुनी ठहर गरेको बताए। संघका अनुसार वीरगन्जमा साढे दुई सय बढि सुनचाँदी पसल छन्।

माइस्थान २ नम्बर रोडस्थित ओम ज्वलेर्समा राजश्व अनुसन्धान अधिकृत काफ्ले नेतृत्वको टोली सूरक्षाकर्मी सहित पसल भित्र पसेपछि छेउछाउका अन्य सुनचाँदी पसलेहरुले प्रतिवाद गरेपछि उक्त टोली फर्किएको थियो। बसपार्क लिंक रोडमा रहेको श्री बालाजी ज्वलेर्समा अनुसन्धान अधिकृत देवकोटा नेतृत्वको टोलीलाई पनि व्यवसायीले अवरोध गरेपछि छापा असफल भएको थियो। थप सुरक्षा बल मगाएर बालाजी ज्वेलर्समा छिरेको टोलीले केही खास कुरा फेला पार्न सकेन। श्री बालाजी ज्वेलर्सका संचालक रतन सर्राफले छिमेकमा लुकाएर राखेको दुई बोरा कागजात टोलीले नियन्त्रणमा लिएको थियो। त्यस्तै टोलीले ओम ज्वलेर्सबाट पनि केही कागजात नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*