अध्यक्षका लागी चुनाव चिन्ह : बाघदेखि खरायोसम्म

ऐ वान डेस्क /
थानीमाई सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष पदका लागी हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका चारै जनालाई आज चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान चारै जना उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
जस अन्र्तगत अध्यक्ष पदका उम्मेदवार माधव त्रिपाठीले बाघ, बुद्धिप्रसाद पाण्डेले हात्ति, गोपाल साहले खरायो र सोमराज उप्रेतीले जरायो चुनाव चिन्ह पाउनुभएको छ ।