सकियो ब्यक्तित्व बिकास सम्बन्धी तिन दिने तालिम

ए वान डेस्क
१७ पुष २०७४, सोमबार १५:३२

जितपुरसिमरा उपमहानगरपालीकाको पथलैयामा आयोजित तिन दिने ब्यक्तित्व बिकास सम्बन्धी तालिम आज सम्पन्न भएको छ । भिमेश्वर सामुदायिक बन उपभोक्ता समुहले आयोजना गरेको तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको हो ।

गोष्ठीमा तिन दिनसम्म पत्रकार कृष्ण सिग्देलले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा जनहित उपभोत्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले समाजका सबै नागरिक अब सचेत र सकृय रहनुपर्ने बताउनुभयो । श्रेष्ठले बन क्षेत्र लगाएत समुदायका बिभिन्न क्षेत्रमा स्थानिय स्वयम जागरुक हुन जरुरी रहेको बताउँदै आफ्नो अधिकार प्राप्तीका लागी जनता सबैमा नेतृत्व क्षमताको बिकास गर्न आवस्यक रहेको बताए ।

वडा सदस्य रामदास धौजुले बन र बन्यजन्तु संरक्षणको पाटोमा सबैको सकृयताका लागी नेतृत्व बिकास आवस्यक रहेकोमा भिमेश्वर सामुदायिक बनले अतिआवश्यक कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल माध्यामिक बिद्यालय पथलैयाका प्राचार्य नारायण प्रसाद त्रिपाठी, जितपुरसिमराकी कार्यपालीका सदस्य सुभद्रा न्यौपाने, पत्रकार प्रकास लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*