जनप्रतिनिधिको १०० दिन : बुद्धिजिविदेखि पत्रकारसम्मको समिक्षा

ए वान डेस्क
२० पुष २०७४, बिहीबार १३:५१

ए वान डेस्क /

बाराको उत्तरी क्षेत्रका सरोकारवालाले जीतपुरसिमराका जनप्रतिनिधिको १०० दिने कामलाई सन्तोषजनक भनेका छन् । १०० दिने कामको समिक्षा बारे ए वान समाचारलाई प्रतिक्रिया दिदै उनीहरुले यस्तो बताएका हुन् । कसले के भने ?

बुद्धिजिवि
राधेश्याम सिवाकोटि

अब वास्तवमा जनताका आकाक्षांहरु धेरै छन् । जनप्रतिनिधिलाई कर्मचारी समायोजन गर्न समस्या छ । धेरै समय त कार्यालयको संरचना तयार गर्न लायो । अपेक्षा अनुसारको काम गर्ने स्थिति छैन् । कामको लेखा जोखा गर्ने हो भने कामको शुरुवात भएको छ तर उपलब्धिमुकल काम भने म खासै देख्दिन । काम गर्ने स्पिड छ तर प्रतिफल पाएका छैनौ । नितिगत हिसावले काम सन्तोषजनक छ भन्छु म । यसलाई मैले सकरामत्मक रुपमा लिएको छु ।

नेता, माओवादी केन्द्र
अनिल श्रेष्ठ

पुरानो प्रक्रियाबाट नया प्रक्रियामा आउदा जीतपुरसिमराका जनप्रतिनिधि अलमलमा परेको जस्तो देखिन्छ । जनसमुदायको मनोभावना, मन छुने खालेको काम भएको देखिदैन् । धेरै ठुलो काम भएको मलाई अनुभुति भएको छैन् । स्पिडमा काम नभएको जस्तो देखिन्छ । क्रियात्मक रुपमा काम नभएको मैले पाएको छु ।

शिक्षक
शालिकराम अधिकारी

अब हेर्नु योजना त बन्यो, तर कार्यान्वयन पक्ष भने म फितलो देख्दैछु । जनताले धेरै आशा गरेका छन् । कामको गति शुन्य छ । जनता जनप्रतिनिधि पाउदा जति उत्साहित थिए तर त्यति छैनन् । अहिले जीतपुरसिमरामा धेरै समस्या छन् । अहिले देखिएका समस्या सबै समस्या समाधान गर्नुपर्न जिम्मेवारी जनप्रतिनिधिको हो । तर खासै काम भएको मैले पाएको छैन् ।

पत्रकार
रेशम तिवारी

१०० दिनमा कुनैपनि उपलब्धिमुलक काम भएको मैले पाईन् । कामहरु ट्रयाक भन्दा बाहिर गएको जस्तो देखिन्छ । देखिने काम भएका छैन् भन्न सकिन्छ । गर्नुपर्ने काम धेरै छ नि, जस्तो बिकास निमार्णका कुराहरु । जनप्रतिनिधिले १०० दिनमा काम देखाउन नसक्नु नै कमजोरी हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*