रिले अनसनको तेश्रो दिन : हामीलाई ‘विरगञ्ज’ राजधानी चाहियो

ए वान डेस्क
२३ पुष २०७४, आईतवार १६:३३

ए वान डेस्क /

वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै बारा र पर्साका युवाहरुले तिनदेखि रिले अनशन जारी राखेका छन् । वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा उनीहरुले तिनदेखि अनसन जारी राखेका हुन् ।

अनसनमा बारा र पर्साका युुवाका साथै स्थानीय नेताहरु सहभागी छन् । आज तेश्रो दिनको अनसनमा दरुण दल बाराका लुकेश सिंह, नेताहरु जुगलकिशोर साह, अनिलकुमार साह, बिनेश महत्तो, राहुल गुप्ता, नेतृ बबिता जैशवाल, मीना सिंह लगायतको सहभागीता रहेको छ ।

हामीलाई ‘विरगञ्ज’ राजधानी चाहियो

तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले विरगञ्जलाई जुनसुकै हालतमा पनि राजधानी बनाई छाड्ने बताउनुभएकोे छ । ए वान समाचारसंग कुरागर्दे सिंहले यस क्षेत्रको बिकास र समृद्धिका लागीपनि राजधानी चाहिएको बताउनुभयो ।

‘हामीलाई विरगञ्ज राजधानी चाहिएको छ, अनि त्यो हामी जुनसुकै हालतमा पनि ल्याउछौ’ सिंहले भन्नुभयो । सरकारले आफुहरुको कुरा नसुने थप सडक सघर्ष गर्ने उहाले चेतावनी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*