बारामा प्रहरी हवल्दार र जवानलाई बिशेष तालिम

ए वान डेस्क
२३ पुष २०७४, आईतवार १७:०४

जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी हवल्दार र जवानलाई एकदिने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिमको आयोजना गरेको छ । तालिमको आज बिहान एक कार्यक्रमकाबिच जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले उद्घाटन गर्नुभएको थियो ।

घुम्ति प्रशिक्षण अन्र्तगत ७ जना प्रहरी हवल्दार र २८ जना प्रहरी जवानलाई गरी ३५ जनालाई तालिम दिईएको छ । तालिममा प्रहरी उपरीक्षक बैदवारले तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अधिकतम प्रयोग गरी आफुले पाएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*