धमाधम मोटरसाईकल बुझाउदै बारा प्रहरी, सिडिओले गरे प्रशंसा

ए वान डेस्क
२३ पुष २०७४, आईतवार १७:२८

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराले अभियानका क्रममा ९२ थान मोटरसाईकल बरामद गरेको छ । बरामद गरिएको विभिन्न कम्पनिका चोरी भएका तथा कागजातहरु नभएका मोटरसाईकल सवारी धनिलाई बुझाउने तयारी गरेको छ । तयारी स्वरुप बारा प्रहरीले आजदेखि मोटरसाईकल सवारी धनि परिहान गरी जिम्मा लगाउने अभियान शुरु गरेको छ ।

अभियानको आज दिउसो बाराका प्रमुख जिल्ला अधिकारी विजयरनायाण मानन्धरले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य बच्चा राउत, बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवार, शसस्त्र प्रहरी उपरीक्षक बिनुप्रसाद पाठक, उद्योग वाणिज्य संघ बाराका अध्यक्ष बिनोद साह लगायतको उपस्थिति रहेको थियो ।

बारा प्रहरीले सञ्चालन गरेको बिशेष अभियानका क्रममा बिभिन्न स्थानमा जेकचाच एवं खोजीगर्दा ९२ थान मोटरसाईकल बरामद गरिएको थियो । आजदेखि ७ दिनसम्म सवारी धनिलाई मोटरसाईकल पहिचान गरी आफ्नो साधन लैजान बिशेष अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । सम्बन्धित सवारी धनिले आवश्यक कागजात सहित मागदाबी गर्न आएमा एकिन गरी सम्बन्धित धनिलाई बरामद मोटरसाईकल बुझाईने प्रहरी उपरीक्षक बैदवारले बताउनुभयो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले बारा प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्नुभयो । ‘मोटरसाईकल बरामद गरी सवारी धनीलाई बुझाउने जुन अभियान बारा प्रहरीले शुरु गरेको छ, यो निकै प्रशंसनीय छ’ मानन्धरले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*