तराईमा अझै केही दिन हुस्सु र शीतलहर लाग्ने

ए वान डेस्क
२४ पुष २०७४, सोमबार ०९:३२

तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो ।

डिसेम्बरको अन्तिमलेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताउनुभयो ।

अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो ।

बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*