चिठ्ठीको प्रभाव : तत्काल सडक मर्मत गर्न मेयरले दिए निर्देशन

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १०:५९

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको कार्यालय अगाडी भत्किएको सडक तत्काल मर्मत गर्न मेयर डा. कृष्ण पौडेलले निर्देशन दिनुभएको छ । स्थानीय धिरज पुडाशैनीले लेखेको चिठ्ठी पढेपछि मेयर डा. पौडेलले तत्काल सडक मर्मत गर्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

कार्यभार सम्हालेको १०० दिन पुगिसक्दा समेत कार्यालय अगाडी भत्किएको सडक मर्मत गर्ने बिषयमा मेयर डा. पौडेलले ध्यान नदिएको भन्दै पुडाशैनीले चिठ्ठी लेखेका थिए । चिठ्ठी पढेलगत्तै मेयर पौडेलले सम्बद्ध कर्मचारीलाई तत्काल सडक मर्मत गर्न निर्देशन दिनुभएको पौडेलका प्रेस सल्लाहकार दिवाकार भण्डारीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*