मकवानपुरका युवाहरुले बारामा वितरण गरे न्यानो कपडा

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १७:५३

ए वान डेस्क /

मकवानपुरका युवाहरुले आज बारामा न्यानो कपडा वितरण गरेका छन् । स्थानीय समाजसेवी मोहन शर्मा र सञ्चारकर्मी संतोष देउजामार्फत हेटौंडा ७ नाकशोतीका युवाहरुले न्यानो कपडा वितरण गरेका हुन् ।

 

युवाहरुको सिर्जनशिल समुह नया सोचले हस्तान्तरण गरेको पुनः प्रयोग गर्न सकिने न्यानो कपडा आज शर्मा र देउजाले जीतपुरसिमरा उप–महानगरपालिकाका बिभिन्न क्षेत्रमा वितरण गर्नुभएको थियो । न्यानो कपडा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित अम्बाडारको मुसहर बस्ती र वडा नम्बर २० बसतपुरका अति बिपन्न परिवारलाई वितरण गरिएको थियो ।

 

न्यानो कपडा वितरण कार्यक्रममा सञ्चारकर्मी तथा गायक बिकास पाण्डे, रेडियो सम्पर्णकी सुप्रिया ढकाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*