जब जैतापुरमा ‘मेयर साब’ झाडु लिएर निस्किए ….

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १८:११

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले स्वच्छ र समृद्ध उपमहानगरको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १७ स्थित जैतापुरमा आयोजित सरसफाई कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख डा. पौडेलले नगरलाई सफा र स्वच्छ राख्नका निम्ति नगरबासीको भुमिका अहम हुने बताउनुभयो ।

नगरलाई स्वच्छ राख्नका निम्ति उपमहानगर गम्भिर रहेको र त्यसका लागि योजनाबद्ध ढंगबाट अघि बढिरहेको डा. पौडेलको भनाई थियो । समृद्ध उपमहानगरको अभियानसंग जोडिएको स्वच्छ र हरित नगर बनाउन नगरबासीले पनि आफ्नो दायित्व पुरा गर्नुपर्ने डा. पौडेलले बताउनुभयो । नगरबासीको साथले मात्रै उपमहानगरको प्रयासले सफलता पाउने भन्दै उनले नगरलाई सफा राख्नका निम्ति सबैको भूमिकाको अपेक्षा आफूले राखेको बताउनुभयो ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नम्बर १७ का अध्यक्ष नवराज खड्का, वडा नम्बर १८ का अध्यक्ष अर्जुन दहाल, अस्थायी प्रहरी चौकीका प्रहरी, स्थानियबासिको सहभागीता रहेको थियो । संयौको संख्यामा सहभागी स्थानियले बजारको सरसफाई गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*