विवेकशील साझा पार्टी बाराद्धारा सिमरामा प्रदर्शन

ए वान डेस्क
२६ पुष २०७४, बुधबार १६:००

ए वान डेस्क /

विवेकशील साझा पार्टी बाराले डाक्टर गोविन्द केसीको रिहाइको माग गरेको छ । बिना कारण डा. केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै विवेकशील साझा पार्टी बाराले रिहाईको माग गरेको हो । पार्टीका युवाहरुले आज दिउसो सिमरामा प्रदर्शन गर्दे सर्वोच्च अदालतको विरोधसमेत जनाएका थिए ।

सर्वोच्च अदालतले बिना कारण डा. केसरीविरुद्ध पक्राउ पुर्जी जारी गरेकाले बाध्य भएर आफुहरु सडकमा उत्रन परेको विवेकशील साझा पार्टी बाराका राजदास श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो । सोही क्रममा पार्टीका युवाहरुले प्रधानाध्याधीश गोपाल पराजुलीको राजिनामासमेत माग गरेका थिए ।

बिभिन्न नारा अंकित प्लेकार्ड सहित सिमरा चोकमा भेला भएका युवाहरुले डा. केसीलाई तत्काल रिहा नगरे थप सडक सघर्ष गर्ने चेतावनी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*