ज्योतिष परामर्श केन्द्र सिमराको कार्यालय सर्यो

ए वान डेस्क
२६ पुष २०७४, बुधबार १६:२८

ए वान डेस्क /

 

ज्योतिष परामर्श केन्द्र सिमराको कार्यालय सरेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरास्थित माउन्ट एभरेष्ट ई. बोर्डिङ स्कुलमा केन्द्रको कार्यालय सरेको हो । यसअघि सिमराको साल्ट उद्योगबाट केन्द्रले बिगत ५ बर्षदेखि सेवा दिदै आएको थियो । केन्द्रका ज्योतिष पण्डित सुदिप ढकालले सबैको साथ र सहयोगले आफुहरु अघि बढेको बताउनुभयो ।

के गर्छ ज्योतिष परामर्श केन्द्रले ?

केन्द्रले आफ्नो स्वास्थ्य, वैवाहिक जीवन, अध्ययन, वैदेशिक यात्रा रोग, शत्रु, आय व्यय, कर्म, भाग्य, सन्तान, सुख, भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्ने गरेको छ । साथै निर्माण भइसकेको घर, अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै, घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको चिना टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नु ज्योतिष पण्डित ढकालले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*