२ महिनापछि ईलाका प्रशासन कार्यालयले पायो प्रमुख, मेयरले गरे स्वागत
ए वान डेस्क /
ईलाका प्रशासन कार्यालय सिमराले २ महिनापछि प्रमुख पाएको छ । २ महिनादेखि प्रमुख नहुदा अस्तव्यस्त बनेको ईलाका प्रशासन कार्यालय सिमराले आज प्रमुख पाएको हो ।
ईलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा दिपेन्द्र पौडेल आज सिमरा आउनुभएको छ । सिमरा आउनुभएको पौडेललाई जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्वागत गर्नुभएको थियो । स्वागत गर्दे पौडेलले नागरिकलाई शिघ्र र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
यसअघि कार्यालय प्रमुख नहुँदा सेवाग्राही सास्ती बेर्होन बाध्य भएका थिए । कार्यालयका लागि एक जना उपसचिव, पाँचजना नायब सुब्बा, दुईजना शाखा अधिकृतलगायत अन्य कर्मचारीको दरबन्दी रहे पनि दुईजना शाखा अधिकृत अझै पनि छैनन् ।























