६ सय ६६ मतदाताका लागि १२ हजार मतपत्र

ए वान डेस्क
२० माघ २०७४, शनिबार ०७:३६

निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ हजार मतमत्र छापेको छ। निर्वाचन हुने ६ वटा प्रदेशमा १ हजार ६ सय ७७ मतदाता रहेकामा आयोगले १२ हजार मतपत्र छापेको हो।

आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक समूहमा फरक–फरक मतपत्र आवश्यक पर्ने भएकाले सो संख्यामा पतपत्र छापिएको बताए। ‘प्रत्येक समूहमा फरक–फरक मतपत्र चाहिन्छ, आयोगले क्लस्टरअनुसार मतपपत्र छापेका हो। त्यसो गर्दा अन्य निर्वाचनमा भन्दा बढी मतपत्र आवश्यक पर्छ,’ आयोगका प्रवक्ता ढकालले भने।

उनले प्रत्येक मतदाताले छुट्टाछुट्टै समूहका लागि चार वटा मतपत्रमा मत हाल्नुपर्ने भएकाले समेत मतपत्र बढी आवश्यक पर्ने जानकारी दिए। आयोगका आयुक्त नरेन्द्र दाहालले एक मतदाताले अरु निर्वाचनमा भन्दा बढी मतपत्र प्रयोग गर्नुपर्ने भएकाले र मतपत्र छाप्दा जगेडासहित छाप्नुपर्ने भएकाले मतदाता संख्याभन्दा मतपत्र बढी छापिएका जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*