सिमरा गोल्डकपको तयारी अन्तिम चरणमा
ए वान डेस्क /
बाराको सिमरामा माघ २५ गतेदेखि हुन गईरहेको रुस्लान नवौ सिमरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले दिएको जानकारी अनुसार गोल्डकप तयारीको काम लगभग सकिएको छ ।
अहिले फिल्डमा पानि पटाउनेदेखि प्यारापिटमा धमाधम रंग लगाउने काम भईरहेको आयोजक नव जनजागृती युवा क्लब सिमराले जानकारी दिएको छ । ‘हामीले लगभग तयारी पुरा गरिसकेका छौ, अब केही काम मात्रै बाकी छ’ क्लबका सचिव शम्भुसिंह ठकुरीले भन्नुभयो ।
उहाका अनुसार बिभिन्न उपसमिति मार्फत काम भईरहेको छ । यसबर्षको गोल्डकपमा १० वटा टिमले सहभागीता जनाउदैछन् ।























