कुरा गर्दा गर्दै पैसा सकियो ? चिन्ता नगर्नुस् टेलिकमले ग्राहकलाई दियो नयाँ सुविधा

ए वान डेस्क
२२ माघ २०७४, सोमबार १५:२३

नेपाल टेलिकले आफ्ना प्रिपेएड ग्राहकलाई अर्को सुविधा थपेको छ। अहिले तपाईसँग मोबाइलमा फोन जाने पैसा २६ पैसा छ तर त्यो पैसामा कुरा हुँदैन। अब भने मोबाइलमा २६ पैसा छ भने तपाईंले मज्जाले कुरा गर्न पाउनुहुनेछ।

अर्थात् फोनकल गएपछि पैसा सकिएर तपाईको फोन काटिने छैन। नेपाल टेलिकमले आफ्नो १४ औँ वार्षिक उत्सवको अवसरमा पैसा सकिएर फोन नकाटिने योजना सार्वजनिक गरेको हो। टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो।

सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूवात गरेका हुन्। २६ पैसा भएको सिमबाट सञ्‍चारमन्त्री बस्नेतले सञ्‍चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई फोन गरेर यो सेवाको सुरुवात गरेका हुन्। सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूवात गरेका हुन्।

२६ पैसा भएको सिमबाट सञ्‍चारमन्त्री बस्नेतले सञ्‍चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई फोन गरे तर, व्यवसायी सुरुवात भने एक महिना पछि मात्रै सुरु गरिने टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन। उनका अनुसार पैसा सकिएपछि ग्राहकले उठाएको विल अर्कोपटक रिचार्ज गरेपछि काटिनेछ।

तर, एकै पटकमा रकम काट्ने वा किस्ता किस्तामा काट्ने भन्ने विषयमा टेलिकमले अहिलेसम्म निर्णय लिन सकेको छैन। फोन गर्दा तपाइले लिएको ऋणको व्याज भने लाग्ने छेन। यसअघि दुरसञ्‍चार सेवा प्रदायक संस्था एनसेलले मात्रै सापटी दिने सेवा दिएको थियो।
थाहा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*