सिमरामा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरामा रहेको सिमरा कलेजमा आज अनेरास्ववियुको प्रारम्भिक कमिटी गरिएको छ । कलेजमा आयोजित बिद्यार्थीहरुको एक भेलाले गोबिन्द थापाको अध्यक्षतामा २३ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको हो ।
गठित कमीटीको उपाध्यक्षमा साजन रेग्मी, कोषादक्ष आकृति श्रेष्ठ, सचिब नवीन पौडेल, सह–सचिबमा राजेश नराल चयन हुनुभएको छ । यस्तै सदस्यहरू कुन्दन गुप्ता, सहिद अलि, सावित्री चौधरी, रोजिना कडेल, रन्जना खतिवडा, अनिता श्रेष्ठ, बिधा चौधरी, लक्कि मिश्रा लगायात रहेका अनेरास्ववियु केन्द्रिय सदस्य त्रिलोक बिक्रम शाहले ए वान समाचारलाई जानकारी दिनुभयो ।
भेलामा अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य एवं जिल्ला विद्यार्थी इन्चार्ज ताराबहादुर कार्की, जिल्ला आयोजक कमिटी सदस्य राजेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।