सिमरा गोल्डकप : मनाङ्ग बाहिरिएपछि नव जनजागृती दुई भागमा बिभाजित

ए वान डेस्क
२३ माघ २०७४, मंगलवार २०:१५

ए वान डेस्क /

माघ २५ गतेदेखि शुरु हुन गईरहेको रुस्लान नवौ सिमरा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नव जनजागृती युवा क्लबले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्षसमेत रहनुभएका आयोजक मुल समारोह समितिका संयोजक काशिम मियाले पर्सिदेखि शुरु हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । गोल्डकपको समाजसेवी एवं नेपालका चर्चिक कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिर सुन्तलीले उद्घाटन गर्नुहुनेछ ।

यसबर्षको गोल्डकपमा १० वटा टिमले सहभागीता जनाउने अध्यक्ष मियाले जानकारी दिनुभयो । मियाका अनुसार गोल्डकपको बिजेतालाई नगद ५ लाख एकाउन्न हजार र उप–बिजेतालाई दुई लाख पचास हजार दिईनेछ ।

उद्घाटन कार्यक्रम पर्सि दिउसो २ बजेदेखि शुरु हुने मियाले जानकारी दिनुभयो ।

 नव जनजागृती दुई भागमा बिभाजित

यसबर्षको गोल्डपमा १० वटा टिमले सहभागीता जनाउनेछन् । गोल्डकपको पुर्व संध्यामा मनाङ्ग मस्र्यादि क्लबले गोल्डकपमा सहभागीता जनाउन नसक्ने बताएपछि नव जनजागृती युवा क्लब सिमरा दुई भागमा बिभाजित भएर खेल खेल्ने भएको छ ।

हिजो दिउसो मनाङ्गले एक महिनासम्म कुनैपनि खेलमा सहभागीता जनाउन नसक्ने भनेर आयोजकलाई पत्र लेखेपछि आयोजक दुई भागमा बिभाजित भएको हो । यसअघिका गोल्डकपमा नव जनजागृती युवा क्लब एक्लै सहभागी हुने गरेको थियो ।

यसबर्ष भने नव जनजागृती युवा क्लब सेतो र निलो टिम बनाएर गोल्डकप खेल्ने भएको छ । ‘मनाङ्गले खेल खेल्न नसक्ने भएपछि हामीले दुई टिम बनाउनु परेको हो, अन्तिम समयमा आएर यस्तो अवस्था शिर्जना भयो’ पत्रकारको प्रश्नमा अध्यक्ष मियाले भने ।

यस्तो छ टाईसिटि : 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*