रुस्लान नवौ सिमरा गोल्डकप आजदेखि शुरु, धुर्मुस–सुन्तलीद्धारा उद्घाटन

ए वान डेस्क /
रुसलान नवौ सिमरा गोल्डकप आजदेखि शुरु भएको छ । गोल्डकपको आज एक कार्यक्रमकाबिच समाजसेवी एवं नेपालका चर्चित कलाकार धुर्मुस–सुन्तलीले उद्घाटन गर्नुभएको छ ।
गोल्डकपको उद्घाटन गर्दे फाउन्डेसनका संस्थापक सिताराम कट्टेल धुर्मुसले सरकारले खेल र खेलाडीलार्ई सम्मान गर्नुपर्ने बताउनुभयो । खेल क्षेत्रले सबै नेपालीलाई एक ठाउमा उभ्याउनेभन्दै उहाले खेल क्षेत्रको विकास गर्न सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै फाउन्डेसनकी कुञ्जना घिमिरेले सबैले खेल क्षेत्रको महत्व बुझ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु सुन्दर बिश्वकर्मा, ज्वाला शाह, शोभा लामा, सिता गुरुङ्ग, जीतपुरसिमराका मेयर डा. कृष्ण पौडेल, निजगढका मेयर सुरेश खनाल, पुर्व मन्त्री पुरुषोत्तम पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा क्लबका महासचिव शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
क्लबका अध्यक्ष काशिम मियाको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन पत्रकार सुनिल गाउलेले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघ–संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकाय प्रमुख लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गोल्डकप फागुन ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागि हुन नसक्ने बताएपछि आयोजक नव जनजागृती युवा क्लब निलो र सेतो गरि २ टिममा खेल्दैछ । प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि, ‘सेतो’ र एन.जे.जे.वाई.सि ‘निलो’ गरि १० टिमको सहभागिता रहेको छ ।
आगामी फागुन ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजय डिष्टिलरी नवलपरासीको मूख्य प्रायोजनमा हुने प्रतियोगितामा आइ।एम।ई। जेनरल इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खेलाडी, दर्शक तथा आयोजक समेतको दुर्घटना विमाको व्यवस्था समेत गरिएको आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।