विकास निमार्णमा एक भएर लागौ : प्रदेशसभा सदस्य विश्वकर्मा

ए वान डेस्क
२७ माघ २०७४, शनिबार १८:३३

ए वान डेस्क /

बाराको सिमरामा रहेको जनहित बन उपभोक्ता समितिको ११औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बार्षिक साधारणसभाको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ ‘क’ का प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेशसभा सदस्य विश्वकर्माले बन र बन्यजन्तुको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेकोभन्दै उहाले सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । उहाले एकजुट भएर विकास निमार्णको काममा लाग्नसमेत सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले संस्थाले गरेको कार्य निकै प्रशंसनीय रहेकोभन्दै आगामी दिनमा थप सामाजिक कार्यमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा अर्की प्रदेशसभा सदस्य शोभा लामाले बन संरक्षणको पाटोमा गंभिर भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–मेयर सरस्वती चौधरी, वडा अध्यक्षहरु तिलक श्रेष्ठ, जगरनाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच संस्थाले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । पत्रकारीता मार्फत समितिको गतिविधि प्रशारण गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै सञ्चारकर्मी सुप्रिया ढकाललाई सम्मान गरिएको थियो ।

यस्तै समितिले उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सचिव राम अधिकारीलाई सम्मान गरेको थियो । समितिका अध्यक्ष अमृतलाल क्षेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब पेसल मुल्मीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*