३ दिने प्रशिक्षण डुमरवानामा सम्पन्न

ए वान डेस्क /
नेपाल तेक्वान्दो संघले आयोजना गरेको तिनदिने प्रशिक्षण कार्यक्रम आज डुमरवानामा सम्पन्न भएको छ । कार्यक्रमको जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले समापन गर्नुभएको हो ।
समापन कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर २ का संयोजक गुरुप्रसाद गौतम, सदस्य संकर लामा, प्रशिक्षक बिजय सिह ठकुरि, शिक्षकहरु श्याम प्रसाद भटराई, किशोर शर्मा, बासुु नेपाल, किशोर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय बिभुती सामुदायीक शिक्षा सदन डुमरवानाका बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष बिदुर खडकाको अध्यक्षमा सम्पन्न भएको थियो ।
तिन दिनसंम्म चलेको प्रशिक्षण कार्यक्रममा डुमरवाना, सिमरा र निजगढका तेक्वान्दो खेलाडिहरुको सहभागिता रहेको थियो ।