सिमरा गोल्डकप : आर्मीद्धारा एपिएफ ४-० ले पराजित

ए वान डेस्क
२८ माघ २०७४, आईतवार २०:३०

सशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई ४–० ले स्तव्ध पार्दै त्रिभूवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । त्रिभूवन आर्मीको सेमीफाईनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयूग श्रेष्ठ र दिनेश हेम्जनले समान १ गोल गरे ।

सशस्त्र प्रहरी विरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६ औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पेनाल्टी एरियामै तेश्रो प्रयासमा कार्कीले गोल गरेका हुन् । शुरुमा कार्कीकै प्रहार एपिएफका रक्षकले बचाउ गर्दा रिवाउण्ड बललाई कार्कीले फेरि प्रहार गर्ने मौका पाएपनि एपिएफका डिफेन्डरले गोललाईनबाट क्लियर गरे ।

डिफेन्डरले क्लियर गरेको बल कव्जामा लिन सफल कार्कीको तेश्रो प्रहार गोलमा परिणत भयो । पेनाल्टी एरियामै तिनपटक सम्म प्रयास गर्ने मौका पाएका कार्कीले आर्मीलाई अग्रता दिलाउन सफल भए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोश्रो हाफमा ३ गोल ग¥यो ।

दोश्रो हाफको शुरुवातमै नवयुग श्रेष्ठले अग्रता दोव्वर पारे । खेलको ४७ औं मिनटमा नवयूगले डि एरियामा पाएको पासलाई गोलमा परिणत गरे । टंक बस्नेतको पासमा नवयूगको शानदार गोलपछि सशस्त्र थप दवावमा प¥यो ।

खेलको ७१ औं मिनटमा अण्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेश्रो गोल गरे । नवयुग श्रेष्ठको पासमा दिनेश हेम्जनले डिबक्स भित्रबाट गरेको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले गोललाईन भित्र नियन्त्रणमा लिएका थिए । फस्ट असिस्टेन्ट रेफ्री रोजन श्रेष्ठले गोलको संकेत गरेपछि एपिएफका समर्थक थप उदास बने ।

खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५ औं मिनटमा ९ खेलाडीमा सिमित भयो भने आर्मी १० खेलाडीमा सिमित भयो ।

एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई आर्मीको डिबक्समा लडाएपछि केहिवेर दुबै टिम विच तनाव सिर्जना भयो । फाउल पछि पहेंलो कार्ड पाएका रञ्जन आर्मीका खेलाडी संग झगडा गर्न गएपछि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । रञ्जन संगै उनका भाई एवं एपिएफका स्ट्राईकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयूग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । शसस्त्र र आर्मीका खेलाडीविच मैदानमै हात हालाहाल समेत भयो ।

९ खेलाडीमा सिमित एपिएफ विरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल ग¥यो । खेलको ८२ औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले ब्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए । डि बक्स भित्र दिनेश हेम्जनले दिएको पास सदुपयोग गर्दै कार्कीले आर्मीको सेमी फाइनल यात्रा स्मरणिय बनाए ।

प्रतियोगिताको छैठौं संस्करणको उपाधि विजेता तथा साविक उपविजेता आर्मीले अब साविक विजेता संकटा र वीरगञ्ज युनाईटेड क्लब विच मंगलबार हुने अन्तिम क्वाटर फाईनलको विजेता संग फाईनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदुर पस्चिम ११ स्पोर्टस क्लब धनगढी विच खेल हुने छ ।

क्वाटरफाईनलमा आर्मी संगको पराजयपछि शसस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले आर्मीसंग अप्रत्याशित हार व्यहोर्नुपरेको बताए । शुरुवातमा अवसरहरु गुमाउनु टिमका लागि दुर्भाग्य भन्दै महर्जनले खेलाडीले सोंचेजस्तो प्रदर्शन गर्न नसकेको प्रतिकृया दिए ।

जीतपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले म्याच बराबरी जस्तो भएपनि पाएका अवसर सदुपयोग गर्दा ४–० को नतिजा पाएको बताए । नवयुग श्रेष्ठ विनाको सेमी फाईनल यात्रा कठिन हुने भन्दै उनले समग्रमा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*