केन्यासँगको खेल जितेमा विश्‍वकप छनोट खेल्ने नेपालको संभावना बलियो, यस्तो छ अंक तालिका

ए वान डेस्क
२९ माघ २०७४, सोमबार ०८:४६

नामिबियामा चलिरहेको विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले सोमबार (आज) चौथो खेल केन्यासँग खेल्दैँछ। खेल नेपाली समय अनुसार सोमबार (आज) दिउँसो सबा १ बजेदेखि सुरु हुनेछ।

सोमबारको खेल जितेमा शीर्ष स्थानमा रहने नेपालको सम्भावना बलियो हुनेछ। उद्घाटन खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल कमजोर मानिएको ओमनसंग पराजित भएको थियो। तर, आइतबारको खेलमा नेपालले युएईलाइ हराएका कारण शीर्ष दुईमा पुग्ने स‌भावना कायमै रहेको छ। केन्यासँगविश्व क्रिकेट लिग च्याम्पियनसीपका चार खेलमा नेपालले एकमा जित निकालेको थियो।

नेपालले बुधबार लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ। क्यानडा ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। नेपाल तीन खेलबाट चार अंक सहित समूहको दोस्रो, यूएई तीन खेलबाट दुई अंक सहित समूहको तेस्रो, नामिबिया दुई खेलबाट दुई अंक सहित अंक तालिकाको चौथो, ओमन तीन खेलबाट २ अंक सहित समूहको पाँचौ र केन्या दुई खेलबाट अंक बिहिन पुछारमा छ।

लिग चरणका खेलबाट शिर्ष दुई भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुन पाउँनेछ। अर्को महिना अर्थात मार्च ४ देखि २५ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोली सहभागि हुनेछन्।

१० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोली अर्को वर्ष अर्थात सन् २०१९ को मे ३० देखि इङल्याण्ड र वेल्समा आयोजना हुने एकदिवशीय विश्वकप क्रिकेटमा सहभागि हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*