घोरसाईने र खड्कालाई पत्रकारीता पुरस्कार

ए वान डेस्क
२९ माघ २०७४, सोमबार २०:१३

ए वान डेस्क /

नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कार यसबर्ष बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ । २०७२ सालबाट स्थापना गरिएको उक्त पुरस्कारबाट नेपाल समाचारपत्र सहित बिभिन्न संचारमाध्याममा आवद्ध घोरसाइनेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

नेपाल पत्रकार माहासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय, काब्य प्रकाशन समूहका प्रवन्ध निर्देशक दुष्यन्त चौधरी सहित बाराका बरिष्ठ पत्रकारहरुको उपस्थितिमा सोमबार सम्पन्न भएको बैठकले यो बर्षको उमादेवी(जानकी) पत्रकारिता पुरस्कारबाट घोरसाइनेलाइ पुरस्कृत गर्ने निर्णय गरेको हो ।

कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी एवम् कृपा दैनिक पत्रिकाका सम्पादक कमल कुमार उपाध्यायकी ममतामयी माता स्वर्गीय उमा(जानकी)देवी उपाध्यायको नाउँबाट स्थापना गरिएको नवजान कल्याण कोषले रु.३० हजार नगद सहित सम्मान गर्न लागेको हो । जानकी उपाध्यायको २०७१ साल श्रावण १५ गते निधन भएपछि उहँकै संझनामा कृपा दैनिक पत्रिकाले स्वर्गीय उमा(जानकी)देवी पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

यसैबीच कृपा दैनिक पत्रिकाले नै स्थापना गरेको स्वर्गीय चन्द्रप्रसाद खनाल पत्रकारिता पुरस्कार बाराका कृयाशिल पत्रकार एवम् समाजसेवी बिदुर खड्कालाई प्रदान गरिने भएको छ । कृपा दैनिकका संस्थापक सहसम्पादक कृष्णउदास खनालका पिता चन्द्र प्रसादको स्मृतिमा कृपा दैनिकले २०६८ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

रु. पाँच हजार राशी रहेको सो पुरस्कार पनि सोमबार नै काब्य प्रकाशन समूहले खड्कालाई प्रदान गर्ने निर्णय गरेको कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*