नेपालद्धारा केन्या ३ विकेटले पराजित

ए वान डेस्क
२९ माघ २०७४, सोमबार २०:५५

ए वान डेस्क /

नामिबियामा चलिरहेको विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत चौथो खेलमा नेपालले आज केन्यालाई पराजित गरेको छ । आजको खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको हो । खेल नेपाली समय अनुसार सोमबार आज दिउसो सबा १ बजेदेखि सुरु भएको थियो ।

आजको खेल जितेर शीर्ष स्थानमा रहने नेपालको सम्भावना बलियो भएको छ । उद्घाटन खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल कमजोर मानिएको ओमनसंग पराजित भएको थियो । तर, आइतबारको खेलमा नेपालले युएईलाइ हराएको थियो ।

नेपालले बुधबार लिगको अन्तिम खेल क्यानडासग खेल्नेछ । क्यानडा ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । लिग चरणका खेलबाट शिर्ष दुई भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुन पाउनेछ । अर्को महिना अर्थात मार्च ४ देखि २५ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोली सहभागि हुनेछन् ।

१० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोली अर्को वर्ष अर्थात सन् २०१९ को मे ३० देखि इङल्याण्ड र वेल्समा आयोजना हुने एकदिवशीय विश्वकप क्रिकेटमा सहभागि हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*