सिमरा गोल्डकप : अहिलेसम्म को–कहा पुगे ?

ए वान डेस्क /
बाराको सिमरामा जारी रुस्लान नवौ सिमरा गोल्डकपमा आज अन्तिम क्वाटर फाईनल खेल हुदैछ । प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेका अनुसार आज सिएमजी संकटा क्लब र वीरगञ्ज यूनाईटेड क्लब विच खेल हुनेछ ।
संकटा गतबर्षको गोल्डकप विजेता हो । विरगञ्ज भने २०७० को पाचौ गोल्डकपमा उप–बिजेता बनेको थियो । यसअघि हिजो सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीलाई टाईव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दे थ्रिस्टार क्लब प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
थ्रिस्टारले अब फाईनल प्रवेशका लागी मोरङ्ग फुटबल क्लबसंग भोलि खेल खेल्नेछ । यता, आजको बिजेतासंग त्रिभुवन आर्मी क्लबले फाईनल प्रवेशको लागी पर्सि खेल खेल्नेछ ।
प्रतियोगितामा मोरङ्ग फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले बाई पाएका हुन् । प्रतियोगिताको फाईनल खेल फागुन ५ गते हुनेछ ।